logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • निजी र ट्याक्सी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस

    निजी र ट्याक्सी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस

    9.1K
    SHARES
    निजी र ट्याक्सी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस

    काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले ट्याक्सीबाहेकका सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

    सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम बढेको भन्दै जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषदलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

    प्रवक्ता नेपालले भनिन्ः ‘सबै जिल्लालाई निर्देशन दिन नसकिने भएकाले मन्त्रिपरिषदमा सिफारिस गरेका हौं, जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) ले आफैं पनि जोर–बिजोर हटाउन सक्छन । अहिले ट्याक्सी र निजी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस गरेका छौ ।’


    अर्थ चाैतारी
  • २०७८ माघ १४, शुक्रबार
  • सम्बन्धित समाचार