logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • नेप्से १०५ अंकले उकालो, ६ अर्ब ३२ करोडको कारोबार

    नेप्से १०५ अंकले उकालो, ६ अर्ब ३२ करोडको कारोबार

    6.5K
    SHARES
    नेप्से १०५ अंकले उकालो, ६ अर्ब ३२ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५ अंकले बढेको छ । गतसाता लगातार ४ दिनमा करिब १५० अंकले घटेर बिहिबार समान्य सुधार आएको थियो । यो साताको पहिलो कारोबार दिनमा नै १०० अंकभन्दा बढिले उकालो लागेको हो ।

    यस क्रममा आज ६ अर्ब ३२ करोड रुपैया बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । गठबन्धन सरकार तोकिएको समयमै स्थानीय तहको चुनाब गर्न तयार बनेपछि लगानीकर्तामा उत्साह आएर बजार १०० भन्दा बढीले बढेको हो ।

    गतसाता स्थानीय तहको चुनाव अन्योल भन्दा करिब डेढ सय बन्दा बढी अंकले बजार घटेको थियो । बजारमा उत्साहजनक रुपले बढेको दिन ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै दुईवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।


    artha chautari
  • आइतबार, १६ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट