logo

२०८२ फागुन २८, विहिबार

logo
  • २०८२ फागुन २८, विहिबार
  • आन्तरिक प्रतिस्पर्धा मार्फत अस्थायी करार शिक्षक स्थायी बनाउने मन्त्रालयको तयारी

    आन्तरिक प्रतिस्पर्धा मार्फत अस्थायी करार शिक्षक स्थायी बनाउने मन्त्रालयको तयारी

    536K
    SHARES
    आन्तरिक प्रतिस्पर्धा मार्फत अस्थायी करार शिक्षक स्थायी बनाउने मन्त्रालयको तयारी

    काठमाडौं । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा छुट अस्थायी करार शिक्षकलाई कसरी सहभागी गराउने भन्ने बिषयमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी बनाउने प्रकृया थालेका छन्। छुट अस्थायी करार शिक्षक संघर्ष समितिले केही दिन अघि मन्त्री पौडेललाई भेटेर आफूहरुले पटकपटक स्थायी प्रक्रियामा लान आग्रह गरे पनि सरकारले नसुनेको भन्दै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न ध्यानाकर्षण गराएको थियो ।



    २०७२ असोज २ गतेसम्म नियुक्त भएका शिक्षक स्थायीको प्रक्रियामा लगेको भए पनि त्यसपछि नियुक्त भएका अस्थायी शिक्षकलाई राज्यले बेवास्ता गरेको आरोप समितिको छ। नयाँ खुला विज्ञापनसँगै उनीहरु बेरोजगार हुनुपर्ने अवस्था आएकाले यसतर्फ सरकारको ध्यान पुर्‍याउन शिक्षक महासंघसहितको पहलकदमीमा समितिले मन्त्रालयको ध्यानाकर्षण गराएको थियो।

    त्यसैलाई ध्यानमा राखेर मन्त्री पौडेलले अस्थायी करार शिक्षकलाई सम्बोधन गर्दा सहज हुन्छ त्यो बाटो पत्ता लगाउन मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन्। समितिले २०७२ असोजपछि अस्थायी नियुक्त शिक्षकलाई संघीय शिक्षा ऐनमा एकपटकका लागि उमेरको हदबन्दी नलाग्ने गरी आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ। देशभरका छुट अस्थायी करार शिक्षकले विगतदेखि स्थायीको प्रक्रियामा लान माग गर्दै आन्दोलन गर्दै आएका छन्।


    अर्थ चाैतारी
  • सोमबार, १७ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट