काठमाडौं । केही दिनयता लगातार ओरालो यात्रामा रहेको सुनको मूल्य सोमबार पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुन तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । गत आइतबार छापावाला सुन तोलामा ४०० रुपैयाँले नै घट्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २४० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत आइतबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times