logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • १३ अंकले घट्यो नेप्से, ५ अर्ब १५ करोडभन्दा बढीको कारोबार

    १३ अंकले घट्यो नेप्से, ५ अर्ब १५ करोडभन्दा बढीको कारोबार

    2.3K
    SHARES
    १३ अंकले घट्यो नेप्से, ५ अर्ब १५ करोडभन्दा बढीको कारोबार

    काठमाडौं । सोमबार शेयर बजार परिसूचक नेप्से १३.४८ अंकले घटेको छ । आज ०.४७ प्रतिशतले बजार घटेर २८७२.०५ अंकमा पुगेर बजार बन्द भएको हो । नेप्से घटेपनि ठूला कम्पनीको बजार मापक परिसूचक सेन्सेटिभ इन्डेक्स भने ०.३९ अंकले बढेको छ । आज सेन्सेटिभ इन्डेक्स ०.०७ प्रतिशतले बढेर ५३८.९३ अंकमा पुगेर बन्द भयो ।



    आइतबारको तुलनमा सोमबार कारोबार रमक पनि घटेको छ। सोमबार ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। आइतबार सेयर बजारमा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। आज १३ वटा उपसमूहहरुमा तीन समूहको सेयर मूल्य उकालो लागेका छन्। बाँकी समूहको सेयर मूल्य घटेको छ।

    आज १३ समूहमध्ये तीन समूहको सूचक बढेको छ भने १० समूहको सूचक घटेको छ । लगानी समूहको सूचक सर्वाधिक २.१८ प्रतिशतले बढ्दा विकाश वैंक समूहको सूचक सर्वाधिक २.१३ अंकले घट्यो । यसैगरी सबैभन्दा धेरै विकास बैंक समूहको सेयर मूल्य ओरालो लागेको छ। आज कारोबारमा आएका ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सेयर खरिदबिक्री भएको छ।

     

     

     


    अर्थ चाैतारी
  • सोमबार, १७ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved