images

पछिल्लो २४ घण्टामा ५२९२ कोरोना संक्रमण पुष्टि

  • माघ १७ २०७८, सोमबार
images

काठमाडौं । आज नेपालमा ५२९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८८ जनाको परीक्षणमा सो संख्यामा संक्रमण देखिएको हो । १० हजार ३६८ जनाको पीसीआर गर्दा ३४७२ र ५७२० को एन्टीजेन परीक्षणमा १८२० जनामा कोरोना पुष्टि भएको हो ।

images

मन्त्रालयले आज ८१९१ जना डिस्चार्ज भएको जनाएको छ । यस्तै कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । आज देशभरी ७९ हजार २७२ जना सक्रिय संक्रमित रहेका छन् ।

images