logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • केन्द्रीय शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउने सरकारको निर्णय

    केन्द्रीय शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउने सरकारको निर्णय

    19.3K
    SHARES
    केन्द्रीय शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउने सरकारको निर्णय

    काठमाडौं । सरकारी शिक्षक र आश्रित परिवारका लागि उपचार सेवा उपलब्ध गराउने केन्द्रीय शिक्षक अस्पताल चितवनको भरतपुरमा बन्ने भएको छ।



    सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले केन्द्रीय शिक्षक अस्पताल भरतपुरमा बनाउने प्रस्ताव स्वीकृत गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरेको थियो।

    सरकारी शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गर्ने विषयमा पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले भरतपुरमा नै अस्पताल बनाउन उपयुक्त हुने रायसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको थियो। समितिले बुझाएको प्रतिवेदनमा भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०, ५१, ५२, ६०, ६१, ६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त रहेको उल्लेख थियो।


    अर्थ चाैतारी
  • सोमबार, १७ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट