काठमाडौं । मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड टे«डले पाँचदिने साटफेर मेला (एक्सचेन्ज क्याम्प) सञ्चालन गरेको छ।
कम्पनीले बुधबारदेखि लागू हुने गरी ५ दिने एक्सचेन्ज सञ्चालन गरेको हो। उपत्यकाभित्रका सबै शोरुमहरुमा लागू हुने गरी उक्त कार्यक्रममा कम्पनीले यस पटक पुरानो बाइकको बजार मूल्यांकनमा थप २० हजार रुपैयाँ दिने भएको छ।
यसअघि कम्पनीले थप मूल्यांकनमा १५ हजार रुपैयाँ दिने गरेको थियो। यसका साथै उक्त पाँच दिने कार्यक्रम साटफेर नगरी नगदमै मोटरहेडका बाइक खरिद गर्दा १० हजार रुपैयाँ छुट र फाइनान्स खरिदमा ८ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ। उपत्यकाभित्र कम्पनीको ५ ठाउँमा शोरुम रहेको छ। धोबीघाट, सल्लाघारी, टेकु, चाबहिल र बालाजुमा रहेको शोरुमहरुबाट आफूले पायक पर्ने गरी यो अफरको फाइदा लिन सकिन्छ।
बजारमा राम्रो प्रवेश गर्न सफल यस ब्राण्डका हाल ७ मोडल रहेका छन्, जसमा अफ रोड राइडका लागि स्पोर्ट्स२५०, एक्स–टर्क२५०, एमएच२००एक्स र रोड/अफरोड दुवैलाई हुने गरी टेक्कन२५०, टेक्कन२५०आर (नयाँ संस्करण), एमएच१५०आर र स्क्रेम्बलर रहेका छन्।
मोटरहेडका बाइकहरुको मूल्य ३ लाख ५ हजारदेखि ४ लाख ५५ हजार रुपैयाँसम्मका छन्। कम्पनीले बिक्रीलाई सहज बनाउन र ग्राहकलाई सजिलो महशुस गराउन विभिन्न रिकण्डिसन र फाइनान्सहरुसँग सहकार्य गरी अघि बढेको जानकारी कम्पनीले दिएको छ।