images

१० करोड ७७ लाख रुपैयाँको आइपीओ आउँदै

  • February 2, 2022

काठमाडौं । माघ महिनमा २ वटा कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएका छन् ।

करिब ५ महिनापछि माघ महिनामा आइपीओ निष्काशन हुन लागेको हो । यो महिनामा दुई वटा कम्पनीको १० करोड ७७ लाख ६० हजार रुपैयाँको आइपीओ निष्काशन हुने भएको छ ।

images

जाल्पा लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालले माघ महिनामा नै आइपीओ निष्काशन गर्ने तयारी गरेका छन् । प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड २२ लाख रुपैयाँ ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमा ८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा माघ २१ देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमाद फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओमा न्यूनतम १० देखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।

यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । यसअघि आइपीओ निष्काशन हुँदा माग भन्दा कयौं गुणा बढी आवेदन पर्ने गरेको थियो । यो कम्पनीको आइपीओ पनि लामो समयपछि आउन लागेको भएर माग भन्दा बढी नै आवेदन पर्नेमा कम्पनी निश्चिन्त छ । जसले गर्दा लगानीकर्ताले १्र० कित्ताको लागि आवेदन दिनु नै उपयुक्त देखिन्छ । लक्की ड्र गरेर बाँडफाँड हुने भएकोले भाग्यमानी आवेदनकर्ताले १० कित्ता पाउनेछन् ।

यस्तै इमर्जिङ नेपाल लिमिटेडले आगामी माघ २६ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँका दरले ५ करोड ५५ लाख ६० हजार रुपैयाँको ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्काशन गर्न लागेको छ । जसमा २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अथाएत् २७ हजार ७८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो । कम्पनीको आइपीओ निष्कासन माघ २६ गते भइ छिटोमा फागनु १ गते र ढिलोमा फागुन ११ गते बन्द हुनेछ । आइपीओमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।