logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    8.1K
    SHARES
    समृद्धि फाइनान्सले फागुन ८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले फागुन ८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ।



    हकप्रद सेयर निष्कासन गर्नका लागि समृद्धिले पुस ११ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म कायम रहेका सेयरधनीहरुले यो हकप्रद सेयर भर्न सक्नेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले हकप्रद भर्न सकिनेछ। हकप्रद सेयरमा बिक्री प्रबन्धक बीओके क्यापिटल नारायणचौर नक्साल तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा–१ मकवानपुरबाट आवेदन दिन सकिनेछ।

    यसैगरी, समृद्धिको बुटवल, पोखरा, नारायणघाट र पुतलीसडक काठमाडौं शाखाबाट पनि आवेदन दिन सकिन्छ। सी–आस्वा तथा मेरो सेयरमार्फत अनलाइनबाट पनि हकप्रद सेयर भर्न सकिन्छ। यसमा फागुन २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २० माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट