logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • स्थगित भएका लोक सेवाका परीक्षा फागुन ६ देखि

    स्थगित भएका लोक सेवाका परीक्षा फागुन ६ देखि

    7.5K
    SHARES
    स्थगित भएका लोक सेवाका परीक्षा फागुन ६ देखि

    काठमाडौं । कोरोना भाइरसका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।

    लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधि) र स्वास्थ्य सेवा तर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।

    आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ । परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा ९सञ्चालन तथा व्यवस्थापन० मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ ।


    अर्थ चाैतारी
  • बिहिबार, २० माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट