images
images

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

  • माघ २० २०७८, बिहीबार
images

काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को १७ गते बसेको बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो ।

उनी नेप्सेको सीईओका लागि ११ आवेदकहरुबाट ५ जना प्रारम्भिक चरणको छनौट सूचीमा परेकामध्ये एक थिए । कार्की अहिले बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइका प्रमुख छन् ।

सर्वोत्तम सिमेन्टको बुक बिल्डीङ विधिबाट गरिन लागिएको सेयर निष्काशनका क्रममा बुक बिल्डिङ प्रक्रियामा श्रीमतिको नाममा सेयर खरिद गरेको पाइएपछि गएको भदौ ८ गते राजीनामा दिएका थिए ।

images