images

साताभरमा १०६.८२ अंकले बढ्यो नेप्से परिसूचक

  • February 4, 2022

काठमाडौं । पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक १०६.८२ अंकले बढेको छ। गत साता १५१.६१ अंकले घटेर परिसूचक २७६९.९३ अंकमा बन्द भएको थियो। यो साता चार दिन कारोबार हुँदा परिसूचक दुई दिन ओरालो लागेको थियो भने दुई दिन भने वृद्धि भएको छ। यो साताको चार दिनको कारोबारमा नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको छ। अघिल्लो साता १५१.६१ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता भने १०६.८२ अंकले वृद्धि भएको छ।

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक १०५.५५ अंक बढेर २ हजार ८८५.५३ विन्दुमा पुगेको थियो। उक्त दिन नेप्से सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको थियो। आइतबार कारोबारमा आएका २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

images

साताको दोस्रो कारोबार सोमबारको दिन सेयर बजार मापक नेप्से परिसूचक साढे १३ अंकले गिरावट आएको थियो। आइतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से सोमबार भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा पुगेको थियो। सोमबार कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता सेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचक मंगलबार भने वृद्धि भएको थियो। मंगलबार नेप्से १९।२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा पुगेको थियो। मंगलबार कारोबारमा आएका २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। सोमबार ५ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। बुधबार तामाङ जातिको पर्व सोनाम ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएको थियो। सार्वजनिक बिदाको दिन नेप्से कारोबार पनि बन्द हुन्छ। त्यस्तै, साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से सूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ सूचक समेत ३.२६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१ अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ। पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ। गत साता २ खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको लगानीकर्ताको सम्पति यो साता भने १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएको छ। गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो। यो साता १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले बढेर ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँमा पुगेको छ।