logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न

    १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न

    10.8K
    SHARES
    १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न

    काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिको २८ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सो साधारणसभाले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    काठमाण्डौं नक्साल स्थित कम्पनीको केन्द्रिय कार्यालय, प्रिमियर भवनको सभा कक्षबाट शुक्रबार भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ । साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सूरेश लाल श्रेष्ठले आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन साधारण सभामा पेश गरेका थिए ।

    साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ मा कूल बीमा शूल्क बापथ १ अव ९० करोड ३६ लाख ११ हजार आजर्न गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कम्पनीले ३४ करोड ७९ लाख१४ हजार खूद मूनाफा आर्जन गरेको छ । कम्पनीले कुल चुक्ता पुँजिको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशतले हूने नगद लाभांश रकम बोनस शेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्थापना वैशाख २९, २०५१ सालमा भएको हो। स्थापना कालदेखि हालसम्म गुणस्तरीय सेवा र व्यावसायिकताका कारण कम्पनीले ग्राहकको सन्तुष्टि जित्न सफल हुनुका साथै स्थानीय र अन्तराष्ट्रिय बीमा क्षेत्रमा प्रतिष्ठा हासिल गर्न सफल भएकाे छ। यस कम्पनीको संस्थापकहरुको दृढ विश्वास र संकल्पबाट नै बीमा र पुर्नबीमा कारोबारमा सफलता प्राप्त गर्न सकेको हो।

    मुलुककै प्रतिष्ठित उद्यमी र व्यापारीहरुद्घारा प्रबर्तित प्रिमियर इन्स्यारेन्सको विकासमा सञ्चालकहरुको अनुभव, उद्ममशीलताको प्रतिभा र कुशल नेतृत्वको अहम भूमिका रहेको छ। दक्ष जनशक्ति प्रिमियरको सबैभन्दा ठूलो ताकत हो। बीमा व्यवसायमा मानव संसाधनको महत्वपूर्ण भूमिका रहेको हुन्छ। त्यही अनुसार कर्मचारीहरुले पनि यस जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेका छन्। कम्पनीले मुलुकभरीको जनताको पहुँच बढाउन हामीले वीरगंज, विराटनगर, पोखरा, नारायणगढ, बुटवल, झापा र जनकपुर गरी सात क्षेत्रमा शाखा कार्यालय तथा देशको अन्य भागमा पनि नयाँ कार्यालयहरुको स्थापना गरी बजार बिस्तार गर्दैछ।


    अर्थ चाैतारी
  • शनिबार, २२ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved