logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • तीन कम्पनीको शेयरमूल्य समायोजन

    तीन कम्पनीको शेयरमूल्य समायोजन

    6.3K
    SHARES
    तीन कम्पनीको शेयरमूल्य समायोजन
    काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनी शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आइतबार एलआईसी नेपाल (LICN) , ज्योति लाइफ र जानकी फाइनान्सको शेयरमूल्य समायोजन गरेको हाे ।

    लाभांश तथा साधारण सभा प्रयोजनको लागि तीन वटै कम्पनीले माघ २४ गते बुधबार बुक क्लोज तोकेको छ । त्यस अनुसार आजसम्म कायम शेयरधनीले मात्रै तीन वटै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् । नेप्सेले आइतबारको कारोबार बन्द भएपछि कायम शेयरमूल्यको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

    २० प्रतिशत बोनस शेयर पश्चात एलआईसी नेपालको शेयरमूल्य १ हजार ९४३ रुपैयाँ २२ पैसा कायम भएको छ । आइतबार कम्पनीको शेयर प्रतिकित्ता २ हजार ३३२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यस अनुसार नेप्सेले कम्पनीको शेयरमूल्य समायोज गरेको हो । यस्तै ज्योति लाइफ (JLI) को १० प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता ६५० रुपैयाँ मूल्य कायम भएको छ ।

    आइतबार कम्पनीको शेयर ७१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । जानकी फाइनान्स (JFL) काे  पनि १५ प्रतिशत बोनस शेयर पश्चात ५८८ रुपैयाँ ७८ पैसा कायम भएको छ । फाइनान्सको अन्तिम शेयर कारोबार ६७७ रुपैयाँ १० पैसामा भएको थियो । त्यस अनुसार नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।


    artha chautari
  • आइतबार, २३ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट