logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • सोमबार सेयर बजार १५.६९ अंकले उकालो

    सोमबार सेयर बजार १५.६९ अंकले उकालो

    2.8K
    SHARES
    सोमबार सेयर बजार १५.६९ अंकले उकालो

    काठमाडौं । साताको पहिलो कारोबार दिन घटेको सेयर बजार दोस्रो कारोबार दिन भने बढेको छ। दोस्रो कारोबार दिन सोमबार सेयर बजार १५.६९ अंकले बढेर २८५१.६८ विन्दुमा पुगेको छ। अघिल्लो दिन ४० अंकले घटेको बजार आज भने बढेको हो।

    आज समग्र नेप्से ०.५५ प्रतिशतले बढेको हो। यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.०५ अंकले बढेर ५३५.३२ विन्दुमा पुगेको छ। कूल २२२ वटा कम्पनीको ९५ लाख १२ हजार ५ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २ करोड २० लाख १७ हजार १ सय ८० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

    नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज माइक्रोफाइनान्स, होटेल एण्ड टुरिजम र बैंकिङ उपसमूह घटेका छन् भने बाँकी १० उपसमूहको सेयर बढेको छ। सबैभन्दा धेरै लगानी समूह बढेको छ। सोमबार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ। नेप्से र सेन्सेटिभ परिसूचक दुबै सुधारिए पनि कारोबार रकममा भने उत्साह देखिएन । आइतबारको भन्दा पनि सोमबार कारोबार रकम घट्यो ।

    आइतबार करिब ६ अर्ब पुगेको शेयर कारोबार रकम सोमबार भने ५ अर्बमा सीमित भएको छ । दिनभर भएका ६६ हजार ११३ कारोबारबाट २२४ कम्पनीका ९५ लाख १२ हजार ५ सय ८० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब २ करोड २० लाख १७ लाख १८१ रुपैयाँमा सीमित भएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २४ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved