logo

२०८१ फाल्गुन ६ मंगलबार

logo
  • मंगलबार, ६ फाल्गुन २०८१
  • २४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु

    २४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु

    2K
    SHARES
    २४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा १३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५ जनाको नमुना परीक्षण भएको थियो ।

    मन्त्रालयले सोही अवधिमा निको हुने संख्या भने निको हुनेभन्दा झण्डै ४ गुणा बढी रहेको जनाएको छ । अर्थात सोही अवधिमा ६ हजार १४६ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ६७ हजार ४२७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३४ हजार ८३२ जना पुगेको छ । संक्रमितमध्ये ९ लाख १५ हजार ४८९ जना

    निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, २४ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट