logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • नेदरल्याण्ड्समा एप्पललाई ५७ लाख डलर जरिवाना

    नेदरल्याण्ड्समा एप्पललाई ५७ लाख डलर जरिवाना

    3.7K
    SHARES
    नेदरल्याण्ड्समा एप्पललाई ५७ लाख डलर जरिवाना

    काठमाडौं । नेदरल्याण्ड्सको एकाधिकार विरोधी नियामकले एप्पललाई करिब ५७ लाख अमेरिकी डलरबराबरको जरिवाना गर्ने निर्णय गरेको छ। नेदरल्याण्ड्समा एप्पलबाहेकको माध्यमबाट भुक्तानी गर्न नदिएको भन्दै जरिवाना लगाइएको हो।

    नेदरल्याण्ड्सले यसअघि पनि सोही मामिलामा एप्पललाई दुईपटक जरिवाना गरिसकेको छ। यसअघि नियामकले एप्पललाई जनवरी १५ सम्ममा एकाधिकार कायम रहने किसिमका कार्य नगर्न निर्देशन दिएको थियो।

    यद्यपि एप्पलले उक्त मितिमा एकाधिकार हटाउन कदम नचालेको भन्दैयो जरिवाना लगाइएको हो। एप्पलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यसअघि कम्पनीले नेदरल्याण्ड्स सरकारले दिएको निर्देशनअनुसारको परिवर्तनको लागि तयार रहेको बताएको थियो।

    यद्यपि नेदरल्याण्ड्सले भने अमेरिकी कम्पनीबाट परिवर्तनको विषयमा पर्याप्त जानकारी उपलब्ध नभएको बताएको छ। नेदरल्याण्ड्सले भने आफूहरु एप्पलको व्यवहारबाट निराश भएको बताएको छ। पछिल्लो समय एप्पलले विभिन्न मुलुकमा आफ्नो एपको व्यापारको विषयमा चुनौतीको सामना गर्दै आएको छ।


    artha chautari
  • मंगलबार, २५ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट