logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • जाल्पा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, ५६ गुणा बढीले पर्‍यो आवेदन

    जाल्पा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, ५६ गुणा बढीले पर्‍यो आवेदन

    7.8K
    SHARES
    जाल्पा लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, ५६ गुणा बढीले पर्‍यो आवेदन

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर ९आईपीओ० भर्ने समय आज सकिदैछ । कम्पनीले गत माघ २१ गते ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । २१ गतेदेखि २५ गतेसम्मका लागि जारी गरीएको कम्पनीको आईपीओको खरिदबिक्रीको समय आज सकिन लागेको हो ।

    तर, अघिल्लो दिननै कम्पनीको सेयर खरिदका लागि माग गरेभन्दा ५६ गुणा बढीले आवेदन परिसकेको छ । सिडीएससीका अनुसार माघ २४ गतेसम्ममा नै कम्पनीको सेयर खरिदका लागि २२ लाख १४ हजार ९१९ जनाले २ करोड ७२ लाख ५७ हजार ७९ कित्ताको लागि आबेदन दिएका छन् । जुन मागको तुलनामा झन्डै ५६ गुणाले बढी हो ।

    कम्पनीले गत माघ २१ गते एक सय रुपैयाँ कित्ता दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुको लागि छुट्याइएको छ भने २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषको र बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ । इच्छुक आवेदकले आज ५ बजेसम्म न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्ताका लागि दिन सक्नेछन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २५ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved