logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • नेप्सेमा १६.३० अंकको गिरावट

    नेप्सेमा १६.३० अंकको गिरावट

    7.8K
    SHARES
    नेप्सेमा १६.३० अंकको गिरावट

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । सोमबार १५ अंकले बढेर २८ सय ५१ विन्दुमा अडिएको बजारमा आज पुनः १६ अंकको गिरावट आएको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १६.३० अंकले घट्दै २ हजार ८ सय ३५.५८ अंकमा ओर्लिएको छ । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घट्दै ५३२.४९ अंकमा सीमित भएको छ । यस दिन ट्रेडिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड उपसमूह धनात्मक भएका छन् भने, बाँकी अन्य उपसमूह ऋणात्मक भएका छन् ।

    १६ अंक माथिले घटेको बजारमा आज ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जबकि अघिल्लो दिन १५ अंकले घटेको बजारमा ५ अर्ब २ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो ।


    अर्थ चाैतारी
  • मंगलबार, २५ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट