logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • पछिल्लो २४ घण्टामा १,९५७ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा १,९५७ जनामा कोरोना संक्रमण पुष्टि

    9.1K
    SHARES
    पछिल्लो २४ घण्टामा १,९५७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्‍म २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २५ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved