logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • नेको इन्स्योरेन्सद्वारा समता स्कुललाई सहयोग

    नेको इन्स्योरेन्सद्वारा समता स्कुललाई सहयोग

    3.3K
    SHARES
    नेको इन्स्योरेन्सद्वारा समता स्कुललाई सहयोग

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले समता स्कुललाई रु। ५ लाखको चेक हस्तान्तरण गरेको छ । नेकोले समाज प्रतिको उत्तरदायित्व महसुस गर्दै समाजका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यसै क्रममा कम्पनीका अध्यक्ष रोहितकुमार भटराईले शैक्षिक गुठीका निर्देशक दीपक सन्जेललाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

    समता स्कुलले देशका ७७ वटै जिल्लामा मासिक एक सय रुपैयाँमा नर्सरी देखि स्नातकोत्तर तहसम्मको शिक्षा अंग्रेजी माध्यमबाट प्रदान गर्दै आएको छ । सहयोग हस्तान्तरण समारोहमा समताका निर्देशकले नेको इन्स्योरेन्सले आर्थिक अवस्था कमजोर भएकालाई शिक्षा प्रदान गर्ने कार्यमा सहयोग गरेकोमा कम्पनीको प्रशंसा गरेका छन् ।


    artha chautari
  • मंगलबार, २५ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट