logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा मागभन्दा ६६ गुणा बढी आवेदन

    जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा मागभन्दा ६६ गुणा बढी आवेदन

    5.7K
    SHARES
    जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा मागभन्दा ६६ गुणा बढी आवेदन

    काठमाडौं । गत शुक्रवारदेखि निष्कासनमा आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा साढे २६ लाखभन्दा बढी आवेदन परेको छ।

    सिडिएस एण्ड क्लियरिङका अनुसार मंगलवार साँझसम्म कम्पनीको आईपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकबाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता सेयरका लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्याएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६ दशमलव ६५ गुणाले बढी हो।

    कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको हो। कम्पनीले कुल कित्ता आईपीओमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ। यी बाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो।

    हालको आईपीओ बाँडफाँटको व्यवस्था अनुसार ४८ हजार ७९० जनाले जाल्पा सामुदायिक लघुवित्तको सेयर १० कित्ताका दरले प्राप्त गर्नेछन्। हाल १० करोड ७८ लाख रुपैयाँ रहेको कम्पनीको चुक्तापूँजी आईपीओ बाँडफाँटपश्चात् १६ करोड रुपैयाँ पुग्नेछ।


    अर्थ चाैतारी
  • बुधबार, २६ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved