logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • इमर्जिङ नेपालको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ आजबाट निष्कासन

    इमर्जिङ नेपालको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ आजबाट निष्कासन

    3.5K
    SHARES
    इमर्जिङ नेपालको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ आजबाट निष्कासन

    काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ आज (माघ २६) गतेदेखि निष्कासन हुँदै छ। कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको हो।

    कम्पनीले निष्कासन गरेको कुल ५ लाख ५५ हजार कित्ता सेयरमध्ये २ प्रतिशत कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ। बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    सो आइपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ सेयर तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

    आईपीओ सेयरका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। हाल ५० करोड ४० हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी आईपीओ बाँडफाँटपश्चात ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ।


    अर्थ चाैतारी
  • बुधबार, २६ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved