logo

२०८३ असार २७, शनिबार

logo
  • २०८३ असार २७, शनिबार
  • नेप्से २२.११ अंकले ओरालो लाग्यो, कारोबार तीन अर्बमा सीमित

    नेप्से २२.११ अंकले ओरालो लाग्यो, कारोबार तीन अर्बमा सीमित

    10K
    SHARES
    नेप्से २२.११ अंकले ओरालो लाग्यो, कारोबार तीन अर्बमा सीमित

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार ओरालो लागेको छ। आज पुँजी बजार मापन परिसूच नेप्से २२.११ अंकले घटेर २८१३.४७ बिन्दुमा झरेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार १६.३० अंकले घटेको थियो। आज समग्र नेप्से ०.७८ प्रतिशतले ओरालो लागेको हो।



    अघिल्ला कारोबार दिनमा भन्दा आज सेयर कारोबार रकम पनि घटेको छ। मंगलबार ६ अर्ब माथिको कारोबार भएको सेयर बजारमा बुधबार तीन अर्ब ४७ करोड ११ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ। कूल २२३ वटा कम्पनीको ६५ लाख २० हजार ६ सय २८ कित्ता सेयर खरीद बिक्री भएका छन्।

    नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूह घटेको छ। बुधबार पनि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएको छ। आज यस हाइड्रोपावरको १८ करोड ६१ लाख ६९ हजार ७ सय ६५ रूपैयाँको कारोबार भएको हो।

    आज सर्वाधिक सेयरमूल्य बढ्ने कम्पनीहरुको पहिलो लिवर्टी इनर्जी कम्पनी लिमिटेड रहेको छ। कम्पनीको सेयरमूल्य आज ३.०८ प्रतिशतले बढेर ४ सय १ रूपैयाँमा अन्तिम कारोबार भएको छ । यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन्। आज कम्पनीको सेयरमूल्य ६.६४ प्रतिशतले घटेर ६ सय ८६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २६ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट