काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
आज बजार ११.९६ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २८०१.५६ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७० प्रतिशतले घटेर ५२७.२८ को विन्दुमा झरेको छ। कारोबार रकम पौने ४ अर्ब रुपैयाँ बढीको भएको छ।आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा हरियाली छाएको छ भने १० वटामा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक १.५७ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०.५४ प्रतिशतले बढेको आज म्युचुअल फन्डमा ०.०३ प्रतिशतको बढोत्तरी भएको छ। आज जलविद्युत समूह सर्वाधिक ०.८१ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह ०.६९ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६२ प्रतिशत, विकास बैंक समूहमा ०.५९ प्रतिशत, वित्त समूहमा ०.५३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०२ प्रतिशत, जीवन बीमा समूहमा ०.०९ प्रतिशत र लगानी समूहमा ०.५८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका ६९ लाख ५० हजार ८३८ कित्ता सेयर ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक २५ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको २२ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको आज आईएमई जनरल इन्स्योरेन्सको १९ करोड ८१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १६ करोड २६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ७१ लाख रुपैयाँ, अपी पावरको १४ करोड ६६ लाख रुपैयाँ, एचआईडीसीएलको १३ करोड ७६ लाख रुपैयाँ, अप्पर तामाकोशीको १३ करोड ७० लाख रुपैयाँ, निफ्राको १२ करोड ९९ लाख रुपैयाँ र शिवम सिमेन्टको ८ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
यो दिन सिन्धु विकास बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउमा २ प्रतिशत बढीको गिरावट आएको छ। आज मिथिला लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ४ प्रतिशतले ओरालो लागेको छ।
© 2024: Arthachautari मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times