logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • प्रभु लाइफको बीमाशुल्क ६४ प्रतिशतले बढ्यो, नाफामा २३ प्रतिशतको गिरावट

    प्रभु लाइफको बीमाशुल्क ६४ प्रतिशतले बढ्यो, नाफामा २३ प्रतिशतको गिरावट

    3.4K
    SHARES
    प्रभु लाइफको बीमाशुल्क ६४ प्रतिशतले बढ्यो, नाफामा २३ प्रतिशतको गिरावट

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा खुद बीमाशुल्क ६४.६४ प्रतिशतले बढाएको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब ४१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ६० करोड ९९ लाख २९ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

    कम्पनीको बीमाङ्कीय मूल्याङ्कन अघिको खुद नाफामा भने २३.४२ प्रतिशतको गिरावट आएको छ । यस अवधिमा कम्पनीले ६ करोड १९ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीले ८ करोड ८ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बीमाङ्कीय मूल्याङ्कन पछि भने कम्पनीको नाफामा फेरबदल आउने छ । इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ८ करोड ४३ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले बीमालेख धितोमा ४१ करोड ६९ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरी ७० लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

    चालु आवको दोस्रो त्रैमासम्मको अवधिमा कम्पनीले अभिकर्ता कमिशन खर्च शिर्षकमा १७ करोड ६६ लाख ८९ लाख रुपैयाँ खर्चेको छ । कम्पनीले २६ वटा बीमा दावीवापत ९६ लाख १६ हजार रुपैयाँ कुल दावी भुक्तानी गर्न बाँकी छ । दुई अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको प्रति शेयर आम्दानी ६ रुपैयाँ १९ पैसा छ । कम्पनीको जगेडा तथा कोषमा ४१ करोड ९९ लाख ५९ हजार रुपैयाँ र जीवन बीमा कोषमा दुइ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २८ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved