logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई ‘भ्यालेन्टाइन्स डे’ क्यासब्याक अफर

    ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई ‘भ्यालेन्टाइन्स डे’ क्यासब्याक अफर

    3.1K
    SHARES
    ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई ‘भ्यालेन्टाइन्स डे’ क्यासब्याक अफर

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन्स डे’को विशेष अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक दिने अफर ल्याएको छ ।

    बैंकका ग्राहकले भ्यालेन्टाइन्स डेको अवसर पारेर आफ्ना प्रियपात्रहरुसँग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फागुन १ र २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक पाउने छन ।

    आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २८ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट