काठमाडौं । बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले ब्याजदर सीमा यसअघिको बाट १ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको छ।
संघको शुक्रबार बसेको बैठकले फागुनका लागि बैंकहरुले प्रकाशित गर्न सक्ने अधिकतम ब्याजदर तोकेको हो। मुद्दती निक्षेप खातामा व्यक्तिगतका लागि बढीमा ११ दशमलव ३५ र संस्थागतमा त्यसको एक प्रतिशत कम अर्थात् १० दशमलव ३ प्रतिशत अधिकतम ब्याजको सीमा तय गरेको संघले जनाएको छ।
यसअघि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १० दशमलव ३५ थियो। बचत निक्षेपमा व्यक्तिगत मुद्दतीको ५ प्रतिशत कम कल डिपोजिटमा ३ दशमलव ०१५ प्रतिशत सीमा तोकेको हो। अन्य ब्याज दर राष्ट्र बैंकको सर्कुलर अनुसार हुने संघले जनाएको छ।