logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • संघीय शिक्षा ऐन तत्काल जारी गरिदै, देशभरमा ३० हजार शिक्षकको दरबन्दी रिक्त

    संघीय शिक्षा ऐन तत्काल जारी गरिदै, देशभरमा ३० हजार शिक्षकको दरबन्दी रिक्त

    181.8K
    SHARES
    संघीय शिक्षा ऐन तत्काल जारी गरिदै, देशभरमा ३० हजार शिक्षकको दरबन्दी रिक्त

    काठमाडौं । शिक्षक सेवा आयोगले देशभरमा ३० हजार नयाँ दरबन्दी रिक्त हुन लागेकाे जनाएकाे छ । सरकारले नयाँ रिक्त दरबन्दी पूर्ति गर्न तत्कालै संघीय शिक्षा ऐन तत्काल जारी गर्ने लागेको स्रोतले जनाएको छ । संघीय शिक्षा ऐन फागुन भित्रै जारी गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

    राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार अब सरकारले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई थप सेवा सुविधा दिने र रिक्त दरबन्दी समयमै व्यवस्था गर्नु पर्ने छ । त्यसैका लागि मन्त्रालयले फागुन भित्रमा संघीय शिक्षा ऐन जारी गर्न आवश्यक रहेको र ऐन समयमै जारी भए आयोगले श्रावण पहिलो साता परिक्षा लिने गरी नयाँ दरबन्दी माग गर्ने तयारी थालेको छ ।

    शिक्षा नीति अनुसार दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई आवश्यकताका आधारमा थप सुविधा दिन सकिने व्यवस्था क्रमशः गरिन लागिएको छ । मन्त्रालय स्रोतका अनुसार केहि दिनमा संघीय शिक्षा ऐन जारी गरिने र राष्ट्रिय शिक्षा नीति अनुसार सबै सार्वजनिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन विद्यार्थी–शिक्षक अनुपात हेरी रिक्त हुन आउने ३० हजार दरबन्दी मिलान गरीने गरी तयारी थालिएको छ ।


    अर्थ चाैतारी
  • २०७८ फागुन १, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट