logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • नेप्सेमा १०१ अंकको गिरावट, पाँच अर्ब ९७ करोबार

    नेप्सेमा १०१ अंकको गिरावट, पाँच अर्ब ९७ करोबार

    8.7K
    SHARES
    नेप्सेमा १०१ अंकको गिरावट, पाँच अर्ब ९७ करोबार

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता भएसँगै धितोपत्र बजार समेत प्रभावित हुन पुगेको छ । अर्थात नेप्सेमा आज १०१ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक अधिकतम १०१ दशमलव २४ अंकले घट्दै २७ सय सय दशमलव ३२ अंकमा झरेको छ ।

    यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १५ दशमलव ६२ अंकले घट्दै ५११.६६ विन्दुमा झरेको छ । समग्रमा आज सेयर बजारमा तीन दशमलव ६१ प्रतिशतले खस्किएको छ । त्यसो त साताको पहिलो कारोबार दिनसमेत रहेको आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ भने, पाँच अर्ब ९७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

    यस दिन सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले अधिकतम ८.३७ प्रतिशतले गुमाएका छन् भने यता नबिल समृद्धि फन्ड–२ का लगानीकर्ताहरूले सामान्य २।९४ प्रतिशतले कमाएका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, १ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved