logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • केयूकेएलको बिल अब ‘खल्ती’बाटै तिर्न सकिने

    केयूकेएलको बिल अब ‘खल्ती’बाटै तिर्न सकिने

    7.1K
    SHARES
    केयूकेएलको बिल अब ‘खल्ती’बाटै तिर्न सकिने

    काठमाडौं । काठमाडौँबासीले अब काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० को बिल भुक्तानी अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ डिजिटल वालेटबाटै तिर्नसक्ने भएका छन् । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनुपर्ने तथा ढिला हुँदा जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानी प्रबन्ध मिलाइएको केयूकेएलले जानकारी दिएको छ ।

    ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समयमै गर्दा रिबेट र छुट सुविधा पनि ग्राहकले पाउनेछन् । ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले भने, ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरूलाई डिजिटल सेवा दिन पाउँदा उत्साहित छौं ।’ २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए ‘खल्ती’बाट बोर्ड अमाउन्ट तिर्नुपर्नेछ । यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिने खल्तीले जानकारी दिएको छ ।

    नेपाली फिनटेक ब्रान्ड खल्तीले आफ्नो सेवा प्रयोगकर्ता संख्या २० लाखभन्दा बढी रहेको दाबी गरेको छ । यो डिजिटल वालेटले बिल भुक्तानीजस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी सुविधा दिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved