logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • कर्णालीको मौलिक लोक भाकामा आधारित गित ‘टुल्का’ बजारमा

    कर्णालीको मौलिक लोक भाकामा आधारित गित ‘टुल्का’ बजारमा

    18.9K
    SHARES
    कर्णालीको मौलिक लोक भाकामा आधारित गित ‘टुल्का’ बजारमा

    खाइ लाईकि लक्षिमा राम्री
    त्यसै राम्री टुल्का
    लाग्न्याउँदो लाग्दैन माया
    नलाग्न्याउँदो उल्का



    कर्णालीको मौलिक लोक भाकामा आधारित गित ‘टुल्का’ बजारमा आएको छ । सोमबार प्रण्य दिवसको अवसर पारेर सि.के. नेपाल मिडिया प्रा. लि मार्फत बजारमा आएको छ । कर्णालीका सञ्चारकर्मी पुष्पराज भट्टराईको शब्द संकलन रहेको गितमा देउडा गायक महेन्द्र शाही ‘रास्कोटी’ र गायिका कल्पाना बिसीले स्वरबद्द गरेका छन् ।

    पानी मिठो कर्णालीको
    माछा रारा तालको
    माया मानि क्यालाग्दो भई
    मै अर्काकी मालको

    युवा अवस्थाको प्रेमभाव झल्कीने गीतको भिडियोकाे प्रमुख भुमिकामा माेडल इब्सल संज्याल र ललित विश्वकर्माले अभिनय गरेका छन् । कर्णालीको यर्थाथता चित्रण गरेको गितले यस क्षेत्रमा छोरा जन्माउने आशामा हुने बहुविवहाको प्रचलनलाई चित्रण गर्न खोजिएको गितका निर्देशक तथा छायाँकार खगेन्द्र न्यौपानेले बताएका छन् । सरला रोकाया न्यौपानेको सम्पादन रहेको गीतको संगित गायक शाहीले नै गरेका हुन् । आमा डट कम युटुब च्यानल मार्फत सोमबार गित सार्वजनिक गरिएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ३ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट