images
images

‘नेपाल लाइफ आई इन्स्योर’ जीवन बीमा योजना, ग्राहकलाई यस्ता फाइदा

  • फाल्गुन ३ २०७८, मंगलवार
images

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको छ। कम्पनीले न्यून लगानीमा अधिक जोखिम वहन गर्नुको साथै आफूले गरेको लगानीको पनि सुनिश्चितता हुने नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको हो। न्यून लगानीमा अधिक जोखिम वहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो ।

कम्पनीका अनुसार नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो। १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ।

आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिनेछ। न्यूनतम बीमाङ्क रकम एक लाखदेखि अधिकतम बीमाङ्क रकम एक करोड रुपैयाँसम्मको बीमा गर्न सकिनेछ। जस्तो कि ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिई मासिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा मासिक ५ हजार २०६ रुपैयाँ बीमा शुल्क मात्र लाग्ने छ।

त्यस्तै ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिई वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा वार्षिक ५८ हजार ३१० रुपैयाँ बीमा शुल्क मात्र लाग्नेछ। ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ एकमुष्ट बीमा शुल्क भुक्तानी गर्दा ७ लाख ३२ हजार १०५ रुपैयाँ बीमा शुल्क मात्र लाग्नेछ।

यस योजनामा समावेश भएका सुविधाहरु 
बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा १ प्रतिशत छुट, अर्धवार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा छैन, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ प्रतिशत थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गदा ६ ५ थप शुल्क लाग्नेछ । त्यसैगरी बीमाङ्कको आधारमा समेत छुटको व्यवस्था गरिएको छ। २५ लाख रुपैयाँसम्मको बीमाङ्कमा छुटको व्यवस्था छैन भने २५ लाखभन्दा माथि बीमाङ्कको बीमा शुल्कमा १ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

समर्पण तथा कर्जा सुविधा
वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् समर्पण मूल्य प्राप्त गर्न सकिनेछ। तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन ।

दुर्घटना मृत्यु लाभ सुविधा (ऐच्छिक)
१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००÷–(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्नेछन् ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था
पूर्ण अवधि भुक्तानी
बीमालेख चालु रही बीमा अवधि भुक्तानीपश्चातसम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको रकम (ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधाबापत तिरेको रकमबाहेक) बीमितलाई फिर्ता दिइनेछ।ण्

मृत्युदाबी भुक्तानी
बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरुबाहेक) बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइनेछ।

बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइनेछ। बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइनेछ। यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमाङ्क रकम एकमुष्ट भुक्तानी दिइने कम्पनीले जनाएको छ।

images