logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • सेयर बजारमा ५३.३० अंकले उकालो ३ अर्ब २३ करोडकाे काराेबार

    सेयर बजारमा ५३.३० अंकले उकालो ३ अर्ब २३ करोडकाे काराेबार

    4.5K
    SHARES
    सेयर बजारमा ५३.३० अंकले उकालो ३ अर्ब २३ करोडकाे काराेबार

    काठमाडौं  । लगातार घटिरहेको सेयर बजारमा मंगलबार हरियाली छाएको छ।बजार आज ५३.३० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २७५४.२८ को विन्दुमा उक्लिएको छ।



    राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.८३ अंकले बढेर ५२२.१३ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर सवा ३ अर्ब रुपैयाँको हाराहारीमा मात्रै भएको छ। हिजो साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

    यो जलविद्युत समूह सर्वाधिक ४.३२ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ३.३८ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.८४ प्रतिशत, व्यापार समूहमा १.३५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.६३ प्रतिशत, विकास बैंक समूहमा २.७१ प्रतिशत, वित्त समूहमा २.८५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५४ प्रतिशत, लघुवित्त समूहमा २.८२ प्रतिशत, जीवन बीमा समूहमा १.२५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२ प्रतिशत र लगानी समूहमा २.४९ प्रतिशतको बढोत्तरी भएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका ६३ लाख ४३ हजार २२८ कित्ता सेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा किनबेच भएका छन्।

    यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक २२ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको १८ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल टेलिकमको १८ करोड २१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५३ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको १३ करोड २८ लाख रुपैयाँ, अपी पावरको ११ करोड ७५ लाख रुपैयाँ, एचआईडीसीएलको ९ करोड ४० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ५७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ६ करोड ८ लाख रुपैयाँ र निफ्राको ६ करोड ५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    यो दिन न्यादी हाइड्रोपावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट लाग्यो। आज स्वाभिमान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ३ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved