images
images

दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब बढीको कारोबार

  • February 16, 2022
images
images

काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार ओरालो लागेको छ। बजार आज १९.८४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २७३४.४४ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४७ अंकले घटेर ५१८.६६ को विन्दुमा ओर्लेको छ। बजारमा आज ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ। यो दिन अन्य समूह ०.४४ प्रतिशत र जीवन बीमा समूह ०.१४ प्रतिशतले उकालो लागेको छ।

images

आज जलविद्युत समूह सर्वाधिक २.१८ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह १.८४ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.३ प्रतिशत, व्यापार समूहमा १.४७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०८ प्रतिशत, वित्त समूहमा १.८१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.३६ प्रतिशत, लघुवित्त समूहमा ०.७७ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.४५ प्रतिशत र लगानी समूहमा १.६८ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ५६ लाख ५२ हजार १८२ कित्ता सेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँमा किनबेच भएका छन्। यो दिन अपी पावरको सर्वाधिक २१ करोड १४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोपावरको १७ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १६ करोड ८ लाख रुपैयाँ, नेपाल टेलिकमको १४ करोड ८८ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको १३ करोड २५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड १ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ८ करोड ९९ लाख रुपैयाँ, निफ्राको ८ करोड २३ लाख रुपैयाँ, एचआईडीसीएलको ७ करोड २५ लाख रुपैयाँ र अप्पर तामाकोशीको ७ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आज गुराँस लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाए। यी दुवै कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले उकालो लागेको छ। यो दिन बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।