logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • पेट्रोल मूल्य प्रति लिटर ५.६१ ले बढ्यो, १५ दिनमा साढे २ अर्ब घाटा हुने निगमको दाबी

    पेट्रोल मूल्य प्रति लिटर ५.६१ ले बढ्यो, १५ दिनमा साढे २ अर्ब घाटा हुने निगमको दाबी

    • artha chautari
    • बिहिबार, ५ फाल्गुन २०७८
    2.4K
    SHARES
    पेट्रोल मूल्य प्रति लिटर ५.६१ ले बढ्यो, १५ दिनमा साढे २ अर्ब घाटा हुने निगमको दाबी

    काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले नयाँ मूल्य सूची पठाएको हो । आईसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ ।

    नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ । निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको निगमले जनाएको छ ।


    artha chautari
  • बिहिबार, ५ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट