logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्दै राष्ट्र बैंक

    ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्दै राष्ट्र बैंक

    3.6K
    SHARES
    ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । बैंकले भोलि फागुन ६ गतेदेखि २०७९ असार मसान्तसम्म भुक्तानी हुने गरी उक्त ट्रेजरी बिल निष्काशन गर्न लागेको हो ।



    इच्छुक लगानी कर्ता बैंक तथा वित्तीय संस्था तथा सामूहिक लगानी कर्ताहरूले रित पुर्याएर आज बिहीबार दिउँसो ३ः १५ बजेसम्म बिल खरिदका लागि आवेदन दिन सक्नेछन् । तर काउण्ड पार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिलको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ ।

    काउण्टर पार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिलको परिमाण ५ करोड वा ५ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सकिने बैंकले जनाएको छ । तर एउटा सिरिजको ट्रेजरी बिलका लागि एउटा मात्र बोलकबोल गर्न पाइनेछ ।

    साँझै खरिद बोलकबोलको रकम बाँडफाँड गर्दा बोल बमोजिमको वार्षिक प्रतिफल दर ९यल्ड रेट० गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टर पाटीलाई प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड हुनेछ । तर समान वार्षिक प्रतिफल दर भएका बोलपत्रहरुको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रुपमा प्रो–रेट बेसिस् मा बाँडफाँड गरिने बैंकले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ५ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट