logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

    कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

    2.3K
    SHARES
    कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

    कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीकै गोदावरी नगरपालिका–५ का ३१ वर्षीय दलबहादुर भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलाली ६ का ३३ वर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको छ । अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी सवा ७ बजे नियन्त्रण गुमाएर पल्टिएको प्रहरी चौकी कैलाली गाउँले जनाएको छ ।


    अर्थ चाैतारी
  • बिहिबार, ५ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved