logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा थापा र न्यौपाने, डीजीएममा अर्याल

    माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा थापा र न्यौपाने, डीजीएममा अर्याल

    8.6K
    SHARES
    माछापुच्छ्रे बैंकको डेपुटी सीइओमा थापा र न्यौपाने, डीजीएममा अर्याल

    काठमाडौं । माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप–महाप्रबन्धक (डीजीएम) पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।



    डेपुटी सीइओ पदमा बढुवा भएका थापा र न्यौपाने दुवै जनाले दुई दशकभन्दा बढीको बैंकिङ्ग अनुभव बटुलेका बैंकले जानकारी दिएको छ । बैंकका अनुसार थापा बैंकिङ व्यवसाय र न्यौपाने सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् । डीजीएम पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा झण्डै दुई दशक लामो अनुभव संगालेका छन् ।

    अर्यालँंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको बैंकले जानकारी दिएको छ । माछापुच्छ्रे बैंकले नेपालभर हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटीएम र १५७ शाखारहित बैंकिङ्ग सुविधामार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved