logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • साताको पहिलो दिन ३९.४० अंकले ओरालो, ४ अर्ब बढीको कारोबार

    साताको पहिलो दिन ३९.४० अंकले ओरालो, ४ अर्ब बढीको कारोबार

    8.4K
    SHARES
    साताको पहिलो दिन ३९.४० अंकले ओरालो, ४ अर्ब बढीको कारोबार

    काठमाडौं । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। आज बजार ३९.४० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६९३.१० को विन्दुमा झरेको छ।



    राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.९९ अंकले घटेर ५१३.६४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ४ अर्ब रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये एउटा मात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ। यो दिन अन्य समूह ०.४२ प्रतिशतले उकालो लागेको छ।

    आज जीवन बीमा समूह सर्वाधिक २.४४ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह २.३७ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा १.४७ प्रतिशत, व्यापार समूहमा १.९५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.४३ प्रतिशत, विकास बैंक समूहमा १.९३ प्रतिशत, वित्त समूहमा २.०२ प्रतिशत, निर्जीवन बीमा समूहमा २.२५ प्रतिशत, लघुवित्त समूहमा १.२६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१२ प्रतिशत र लगानी समूहमा १.८८ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका ७१ लाख २२ हजार २९९ कित्ता सेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार ८२८ रुपैयाँमा किनबेच भएका छन्। यो दिन जीवन विकास लघुवित्तको सर्वाधिक ५८ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको १९ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको आज अरुण भ्याली हाइड्रोपावरको १७ करोड १२ लाख रुपैयाँ, अपी पावरको १६ करोड ५९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १५ करोड ३८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड ३० लाख रुपैयाँ, एचआईडीसीएलको ९ करोड २७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ८ करोड ६४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड १८ लाख रुपैयाँ र निफ्राको ८ करोड १७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज युनाइटेड इदी मर्दीका सेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतले वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। तेह्रथुम पावरको सेयरभाउमा पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। यो दिन नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ५ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ८ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved