काठमाडाैं । शिक्षक सेवा आयोगले लिने प्राथमिक/निम्न माध्यामिक तथा माध्यामिक तहको परीक्षाकाे परीक्षा केन्द्र सार्वजनिक गरेकाे छ। आयोगले आइतबार एक सुचना जारी गर्दै तिनै तहकाे परीक्षा केन्द्र ताेकेकाे हाे ।
आयोगकाे इतिहासमा पहिलो पटक प्राथमिक शिक्षककाे परीक्षा अन्तर जिल्लामा हुने भएको छ । शिक्षक सेवा चैत्र १९ गतेबाट हुने प्राथामिक तहको परिक्षा परिक्षार्थिले फारम भरेको जिल्ला भन्दा अन्तर जिल्लामा हुने बताएको हो । त्यस्तै निमावि र माविकाे परीक्षा भने हालका प्रदेश मुकामहरूमा हुने भएकाे छ । अायाेगका अनुसार मावि र निमावि तहकाे परीक्षामा स्थान अभाव भएमा नजिकैकाे जिल्लामा सार्न सकिने जनाएकाे छ ।
आयोगले प्रावि तहमा १३ हजार ९३ पदमा विज्ञापन खुलाएको हो ।आयोगले यो विज्ञापनको प्रतिस्पर्धा र छनोट जिल्लास्तरमा गर्ने भएको हो । उम्मेद्वारहरुले माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा र त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर अनलाइन मार्फत दरखास्त दिएका थिए। यस संगै अब प्रथामिक तहमा फारम भरेका परिक्षार्थिले पहिलो पटक जिल्ला बाहिर जानु पर्ने भएको छ ।
https://drive.google.com/file/d/1vjHpUWdWqULlV8GB9bUH_-KxHzl0kr0M/view