logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • बैंकिङ कसूर आरोपमा ग्रीनलाइनका सञ्चालक अग्रवाल पक्राउ

    बैंकिङ कसूर आरोपमा ग्रीनलाइनका सञ्चालक अग्रवाल पक्राउ

    • arthachautari
    • सोमबार, ९ फाल्गुन २०७८
    1.8K
    SHARES
    बैंकिङ कसूर आरोपमा ग्रीनलाइनका सञ्चालक अग्रवाल पक्राउ

    काठमाडौं । मदिरा व्यवसायी ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बैंकिङ कसूरको आरोपमा केही दिनअघि नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार केही व्यवसायीलाई दिएको चेक बाउन्स भएपछि परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

    अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । उनी चार वटा बैंकको ऋण डुबाएर भागेका थिए । तर, केही समयपछि फर्केर पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्तिबाट बैंकको ऋण तिर्ने बताएका थिए । पुस २२ मा परिवारसहित फरार भएका उनी माघ २७ गते काठमाडौं फर्किएका थिए ।


    arthachautari
  • सोमबार, ९ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट