logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • विवाहमा कुटपिट हुँदा एकको मृत्यु, चार जना पक्राउ

    विवाहमा कुटपिट हुँदा एकको मृत्यु, चार जना पक्राउ

    6.9K
    SHARES
    विवाहमा कुटपिट हुँदा एकको मृत्यु, चार जना पक्राउ

    कैलाली । भजनी नगरपालिका-९ स्थित विवाहमा भएको झगडामा सोही ठाउँ बस्ने २५ वर्षीय वसन्त चौधरीको कुटपिटबाट आइतबार राति ज्यान गएको छ।

    विवाहमा वसन्तसहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश विष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदीप कार्की, २५ वर्षीय दीपक अवस्थीलगायत व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भएको थियो।

    विवादले झगडाको रूप लिँदा कुटपिटबाट गम्भीर घाइते भएका वसन्तको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। कुटपिटमा संलग्न चार जना प्रहरीले नियन्त्रणमा लिएर यस अनुसन्धान गरिरहेको जनाएको छ।


    अर्थ चाैतारी
  • २०७८ फागुन ९, सोमबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट