logo

२०८१ माघ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ माघ २०८१
  • काठमाडौंमा रचना मुसुक्कै, अछाममा ‘आइ लभ यु’ भन्दै सिडियो भुसुक्कै

    काठमाडौंमा रचना मुसुक्कै, अछाममा ‘आइ लभ यु’ भन्दै सिडियो भुसुक्कै

    • artha chautari
    • सोमबार, ९ फाल्गुन २०७८
    17.1K
    SHARES
    काठमाडौंमा रचना मुसुक्कै, अछाममा ‘आइ लभ यु’ भन्दै सिडियो भुसुक्कै

    काठमाडौं । अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गोकर्ण प्रसाद उपाध्याय आएसंगै जिल्ला प्रशासनको सेवा सुविधा तथा सूचना प्रदान गर्न जिल्ला प्रशासन कार्यालय अछाम नामको फेसबुक आइडी सक्रिय रह्यो ।

    सामाजिक सञ्जाल फेसबुक मार्फत नै जिल्ला प्रशासन कार्यालय अछामले गर्ने काम कार्वाहि, प्रशासन कार्यालय अछामले गरेका कामका साथै महत्वपूर्ण सूचना समेत यो आइडीबाट पाउन थालेपछि सबैको ध्यान केन्द्रित गर्न सफल बनेको जिल्ला प्रशासन कार्यालय अछामको आधिकारिक फेसबुक आइडी केहि दिन यता भने अन्य विषयले चर्चामा रहेको छ ।

    अछाममा प्रमुख जिल्ला अधिकारीको रुपमा विश्वराज मरासेनी आएसँगै यो आइडीबाट बिभिन्न व्यक्तिका स्ट्याटस तथा कमेन्टमा जनाइएका प्रतिक्रियाका कारण यो आइडी चर्चामा रहेको हो । पत्रकार मेनुका ढुंगानाको फेसबुक स्ट्याटसमा यो फेसबुक आइडीबाट सडक खुलेपछि रमिते हुन जाने एण्ड नेगेटिभ कमेन्ट जर्नालिष्ट भन्दै गरेको कमेन्टमा प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले गल्तीले कमेन्ट भएको भन्दै यस बिषयमा नरिसाउन आग्रह गरेका थिए ।

    पछिल्लो समयकी चर्चित गायिका रचना रिमालको फेसबुक लाइभमा आई लभ यु कमेन्ट भन्दै कमेन्ट गरिएको विषय सार्वजनिक भएसँगै यो आइडीबारे बिभिन्न टीकाटिप्पणीका साथै आलोचना हुन थालेको छ । गायीका रिमालले यही फेब्रुअरी १३ अर्थात् फागुन १ गते हजुर मुसुक्कै बोलको गीत सार्वजनिक भएकोबारे जानकारी गराउदै फेसबुक लाइभमा आइरहँदा जिल्ला प्रशासन कार्यालय अछामको आइडीबाट ”आइ लभ यु” भन्ने कमेन्ट गरिएको थियो ।

    रोचक कुरा त के छ भने पत्रकार मेनुका ढुंगानाको स्ट्याटसमा पनि अबेर साँझको समयमा कमेन्ट गरिएको छ भने गायिका रिमालको फेसबुक लाइभमा पनि राति ९ बजे कमेन्ट गरिएको छ । यस कारण जिल्ला प्रशासन कार्यालय जस्तो जिम्मेवार निकायको फेसबुक आइडी चलाउने यीँ व्यक्तिले कतै मदिरा सेवन गरि यो आइडीको गरिमा बिर्सेर कमेन्ट गरे की भन्ने पनि शंका उब्जिएको छ । यस बिषयमा बुझ्न प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलाई सम्पर्क गर्दा उहाँको फोन उठेन ।


    artha chautari
  • सोमबार, ९ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट