logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • पछिल्लो २४ घण्टामा ३८८ जना संक्रमित थपिए, ४ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा ३८८ जना संक्रमित थपिए, ४ जनाको मृत्यु

    • artha chautari
    • सोमबार, ९ फाल्गुन २०७८
    8K
    SHARES
    पछिल्लो २४ घण्टामा ३८८ जना संक्रमित थपिए, ४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ८ हजार १४० नमूनाको परीक्षण हुँदा ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    गत २४ घण्टामा ५ हजार २२५ जनाको पीसीआर र २ हजार ९१५ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याकंमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ। पीसीआर परीक्षणबाट २४७ जनामा र एन्टिजेन परीक्षणबाट १४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

    गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरि ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि १ हजार २०५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल ११ हजार २८२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।


    artha chautari
  • सोमबार, ९ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट