logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • सेयरबजारमा करेक्सन, सूचक फेरि २७ सयमाथि

    सेयरबजारमा करेक्सन, सूचक फेरि २७ सयमाथि

    7.3K
    SHARES
    सेयरबजारमा करेक्सन, सूचक फेरि २७ सयमाथि

    काठमाडौँ । सेयरबजारमा आज करेक्सन देखिएको छ। २७ सय विन्दुबाट झरेको सूचक फेरि फर्किएको हो।



    नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा पुगेको छ। त्यसैगरी सेन्सिटिभ सूचक पनि ५.१५ अंकले बढेको छ। आज २ सय २४ वटा सेयर कारोबारमा सामेल भएकामा ४९ लाख ९२ हजार कित्ता बढी बिक्री भएका छन्। दिनभरिमा ४० हजार पटकको खरिदबिक्रीपछि २ अर्ब ९९ करोड ७६ लाख ८१ हजारको कारोबार भएको नेप्सेले जनाएको छ।

    आज १३ वटै उपसूचक हरियो छन्। आज पनि युनाइटेड आईडीआई मार्दीका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै गुराँस लघुवित्तका सेयरधनीले पनि ९.६५ प्रतिशत आम्दानी गरेका छन् भने नेपाल हाइड्रोपावर डेभलपर्स लिमिटेडका लगानीकतर्थाले ७.१९ प्रतिशत कमाएका छन्। बुद्धभूमि नेपाल हाइड्रोको लगानीकर्ताले ६.७२ प्रतिशतले र साहस ऊर्जाका सेयरधनीले ६.१२ अंकले कमाएका छन्। आज लगानीकर्ताले २ प्रतिशत पनि गुमाएका छैनन्। बजारमा नेपाल टेलिकमको सर्वाधिक २६ करोडको कारोबार भएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ९ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved