logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • लाइसेन्स चेक गर्न प्रहरीलाई मोबाइल एप, पाँच पटक बढी कारवाहीमा परे लाइसेन्स खारेज हुने

    लाइसेन्स चेक गर्न प्रहरीलाई मोबाइल एप, पाँच पटक बढी कारवाहीमा परे लाइसेन्स खारेज हुने

    25.2K
    SHARES
    लाइसेन्स चेक गर्न प्रहरीलाई मोबाइल एप, पाँच पटक बढी कारवाहीमा परे लाइसेन्स खारेज हुने

    काठमाडौं । यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई परिक्षणकालिन लाइसेन्स चेकजाँच गर्न मोबाइल एप्स हस्तान्तरण गरेको छ । अबदेखि ट्राफिक प्रहरीले मोबाईल एप्स मार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने व्यवस्था शुरू गरेको छ ।



    सोमबार एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाईल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई लाईसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा बोल्दै महानिर्देशक घिमिरेले एक बर्षे परिक्षणकालिन अबस्थामा रहेका लाईसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाईल एप्स मार्फत स्क्यान गरि सजिलै नक्कली र सक्कली छुट्याउन सक्ने बताए । उनले एक बर्षे परिक्षणकालको अबधिमा पाँच पटक भन्दा बढी ट्राफिक नियम उल्लेघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज समेत गर्न सक्ने प्राबधान रहेको समेत जानकारी दिए ।

    महाशाखा प्रमुख एसएसपी जोशीले यस अघि लाईसेन्स प्रमाणिकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाईसेन्स चेकजाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अबउप्रान्त आवश्यकता अनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाईल एप्स मार्फत लाईसेन्स प्रमाणिकरण गर्न सक्ने बताए । नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले बिकसित प्रबिधीको प्रयोग गरि लाईसेन्स चेकजाँच प्रणाली सहज, सरल र प्रभावकारी हुने कुरामा उनको जोड छ ।

    कसरी काम गर्छ एप्सले ?
    बिशेष प्रकारको मोबाइल एप्स मार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परिक्षणकालीन लाईसेन्स भेरिफाइ गरिन्छ । उक्त लाईसेन्समा रहेको क्यूआरलाई यस एप्स मार्फत स्क्यान गरी लाईसेन्स भेरिफाई गरिन्छ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाईलमा इन्स्टल गरि चेकजाँचको क्रममा अन द स्पट लाईसेन्स भेरिफाई गर्न सक्नेछन् । क्यूआर स्क्यान गरि लाईसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान यस एप्समा रहेको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ९ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved