logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • महाशिवरात्रिमा पशुपतिमा भारतिय ‘नाङ्गा बाबा’ देखाउन सवा करोड खर्च गर्दै विकास कोष

    महाशिवरात्रिमा पशुपतिमा भारतिय ‘नाङ्गा बाबा’ देखाउन सवा करोड खर्च गर्दै विकास कोष

    7.2K
    SHARES
    महाशिवरात्रिमा पशुपतिमा भारतिय ‘नाङ्गा बाबा’ देखाउन सवा करोड खर्च गर्दै विकास कोष

    काठमाडौं । यसवर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा सवा करोड खर्च हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिको तयारीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतबाट नाङ्गा बाबाका रूपमा आउने साधुहरुको दानदक्षिणा, मन्दिर सजावट लगायतमा सवा करोड खर्च हुने अनुमानित बजेटसहितको विवरण सार्वजनिक गरिएको हो ।

    दर्शनका लागि आउने भक्तजन र मेला भर्न आउनेको संख्या १० लाख पुग्ने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले बताए । उनले भने,‘दाता परिचलान गरी मन्दिर परिसरमा फूल तथा मालाले सजाउने र डिजिटल बत्तीको व्यवस्था गरेको छ ।’ खाना-आवासको व्यवस्था गरी मन्दिरमा आउने साधुको उच्च सम्मानमा सचेत रहेको उनले बताए । भारतबाट आउने साधुहरूको रक्षा गर्दै मेला भर्न आउने दर्शनार्थीको सुरक्षाको लागि करिब १० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ । गाँजालगायतका लागुपदार्थलाई विशेष कडाइ गरिने उनले बताए । विद्युतीय शव दाह, किरियापुत्री क्षेत्र सञ्चालनमा भने कुनै वाधा नपुग्ने कोषले जनाएको छ ।

    महाशिवरात्रिको समग्र व्यवस्थापनलाई ध्यान दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष प्रेम आलेको संयोजकत्वमा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिको संयोजकत्वमा विभिन्न १० उपसमिति गठन गरिएको छ । उपसमितिमा सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचारप्रसार, साधुसन्त तथा धार्मिक, वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्थालगायतका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १० फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved