logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • युक्रेन र रूसमा बढ्दो तनावकाबीच तेलको मूल्यमा उछाल

    युक्रेन र रूसमा बढ्दो तनावकाबीच तेलको मूल्यमा उछाल

    8.5K
    SHARES
    युक्रेन र रूसमा बढ्दो तनावकाबीच तेलको मूल्यमा उछाल

    काठमाडौं । युक्रेन र रूसबीच बढ्तो तनावका कारण तेलको मूल्यमा उछाल आएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात वर्षयताकै सबैभन्दा उच्चस्तरमा पुग्यो। मंगलबार यसको मूल्य ‍प्रतिब्यारल ९७.४४ डलर रहेको थियो।

    रूसले युक्रेनको पृथकतावादीको नियन्त्रणवाला दुई क्षेत्रलाई मान्यता दिँदै आफ्ना सैनिकलाई पठाउन आदेश दिएको छ। रूसको यस फैसलालाई बेलायत र अन्य पश्चिमा देशले प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। यससँगै विश्वभर तेलको सप्लाई चेन प्रभावित हुन सक्ने जनाइएको छ।

    रूस सऊदी अरबपछि तेल निर्यात गर्ने विश्वको सबैभन्दा ठूलो देश हो। रूस प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक हो। विशेषज्ञहरुका अनुसार युक्रेन र रूसकाबीच चलिरहेको संकटको दूरगामी असर पर्नेछ। म्न्यूलाइफ इन्वेस्टमेन्ट म्यानेजमेन्ट की सू ट्रिनले बीबीसीलाई बताए अनुसार रूसमाथि कुनै पनि खालको प्रतिबन्ध लागे विश्वमा कच्चा तल र प्राकृतिक ग्यास कम सप्लाई हुनेछ र अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा यसको असर पर्ने छ। कच्चे तेलको मूल्य १ सय डलर प्रतिब्यारल सम्म पुग्न सक्छ।


    अर्थ चाैतारी
  • २०७८ फागुन १०, मंगलबार
  • सम्बन्धित समाचार